बिहीबार, वैशाख ६, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन १२ गते ६:१२

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १२ गते मंगलबार, श्रावण कृष्णपक्षको चौथी तिथि । आज मंगल चौथी रहेको छ । यस दिन मंगलचौथी व्रत बस्ने प्रचलन रही आएको छ । अब लागौं आजको राशिफलतर्फ

मेष
पेशागत जीवनमा स्थिरता आउने छ । इच्छा एवं आकांक्षा तथा सपनाहरु पुरा हुने दिशामा रहने छन् । उन्नति प्रगतिका खवरहरु प्राप्त हुने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । बोलीमा भने कठोरता देखिन जाने भएकाले यस विषयमा ध्यान दिनु होला ।

वृष
आम्दानीमा बृद्धि हुने छ भने मनमा चिताएका इच्छा आकांक्षाहरु पूरा हुने तर्फ जाने छन् । पेशागत जीवन औसतमा सकारात्मक रहने छ तर पेशागत जीवनमा सतर्कतासहित व्यवहारको खाँचो भने देखिन्छ । रुखो प्रकारको व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला ।

मिथुन
भाग्यमानी समय सक्रिय रहेको छ । चतुर तथा बाठो स्वाभावको व्यक्तित्व हुने हुँदा फाइदा र नोक्सानीका बारेमा सतेत चेतना प्राप्त हुने छ । बोलीको प्रभाव बढ्न जाँदा फाइदा मिल्ने छ । व्यवस्थापकीय क्षमतामा केही दक्षता थपिने छ । पारीवारिक जीवनमा विवाद देखा पर्ने छ ।

कर्कट
मनोबलमा कमजोरी बढ्ने छ । मनमा दुविधाका मात्राहरु असाध्यै धेरै आउने हुँदा निर्णय क्षमतामा अन्योलता आउने छ । अरुले दुविधात्मक सोच भएको व्यक्तित्वका रुपमा पाउने छन् । पैतृक सम्पत्तिको आड भरोसाबाट राहत मिल्ने छ । पेशागत जीवन उतार चढावबाट गुज्रने छ ।

सिंह
बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा सफलता मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुले गति लिने छन् । पेशागत जीवनमा भने केही आरोप प्रत्यारोपको अवस्था आउने भएकाले संयमितता सहित कदम चाल्नु उपयुक्त हुने छ ।

कन्या
आफुले गरेका कामहरुका बारेमा अरुले कदर गर्ने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । साभेदारीमा गरिएका काममा भने सतर्कता अपनाइ रहनु पर्ने देखिन्छ । मनमा दुविधाको मात्रा निरन्तर आउँदा अन्योलता देखा पर्ने छ ।

तुला
चतुर खाले व्यक्तित्व हुने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पूरा हुने दिशामा रहने छन् । पेशागत जीवनमा भने अस्थिरताको अवस्था आउने भएकाले संयमिता अपनाउनु होला । पेशागत क्षेत्रमा आरोप प्रत्यारोपको अवस्था देखिने चुनौति रहेकाले ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा चुनौतिहरु देखा पर्ने छन् ।

वृश्चिक
पेशागत जीवन स्थिर रहने छ । आम्दानी भने सोचे जस्तो हुने छैन् । व्यवस्थापकीय क्षमतामा कमि आउँदा कार्य दक्षतामा गिरावट गराउने छ । बोलीको प्रभाव कम हुने छ । मनमा नकारात्मक विचारहरुको श्रृङ्खला एक पछि अर्काे आइ रहने छ । यसले मनमा उदासिनता बढाई दिने हुँदा मन नियन्त्रणमा प्रयास गर्नु होला ।

धनु
पेशागत जीवनमा सकारात्मक दिशा प्राप्त हुने छ । भाग्यको साथ नभएकाले मनमा शान्ति नहुने तथा मनोबलमा कमि आउने छ । पारीवारिक सदस्यहरु मिलनको वातावरण तयार हुने छ । बोलीमा रुखोपना देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु नै वेश हुने छ ।

मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । धन सम्पत्तिमा बृद्धि हुन जाने छ । पैतृक सम्पत्तिको प्रयोगले आर्थिक अवस्थालाई गति दिने छ । रिस भने चाँडै चाँडै उठ्ने खालको व्यक्तित्व हुने भएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका काममा अवरोधहरु देखिने छ ।

कुम्भ
चतुर स्वाभावमा बृद्धि हुने छ । बौद्धिक तथा राजसीपनामा पनि बृद्धि हुने छ । मनोबल भने कमजोर बन्ने हुँदा आँटिलोपनामा कमि आउने छ । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले मनमा दृढटा विकास गर्ने प्रयास गर्नु होला ।

मीन
आम्दानीमा बृद्धि हुन जाने छ । व्यक्तित्वमा भने कमजोरी देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् । पेशागत जीवनमा अस्थिरताका संकेतहरु आउने भएकाले सतर्क रहनु होला । बोलीको प्रभावकारीतालाई प्रयोग गर्न सके पेशागत अस्थिरतालाई नियन्त्रण गर्न मद्धत पुग्ने भएकाले बोलीलाई अघि सार्नु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया