शुक्रबार, वैशाख ७, २०८१

रवीन्द्र मिश्रको प्रस्तावले विवेकशील साझामा तरंग : दुई संयोजक वीच मतभेद

मेरोन्यूज २०७८ साउन ११ गते २०:३०

काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकका वीचमा मतभेद देखिएको छ । संयोजक रविन्द्र मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्ष राष्ट्रका बारेमा जनमतसंग्रह र राजतन्त्रका विषयमा सार्वजनिक गरेको धारणाले विवेकशीलमा दुई संयोजकका वीचमा मतभेद वढेको हो ।

संयोजक मिश्रले आज पार्टी नेताहरुलाई इमेलमार्फत र अन्य सर्वसाधारणका लागि समाजिक सन्जालमार्फत सार्वजनिक गरेको अवधारणा पछि पार्टीका अर्का संयोजक मिलन पाण्डेले असन्तुष्टि जनाएका छन् ।

मिश्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनप्रति संयोजक पाण्डेले सामाजिक सन्जलमार्फत नै असन्तुष्टि पोखेका छन् । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र माधेस आन्दोलनवाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता माथी नै प्रश्न उठाउने गरी मिश्रले राजावादी लाइन लिएपछि विवेकशील पार्टीको राजनीतिक कार्यदिशामाथी नै प्रश्न उठने भएपछि पाण्डेले असन्तुष्टि पोखेका हुन् ।

घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो, पाण्डेले भनेका छन्, ुविगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू नितान्त व्यक्तिगत हुन् ।

मिश्रको पछिल्लो प्रतिवेदनले विवेकशील पार्टी पञ्चगमनकारी पार्टी भएको र परिवर्तन स्वीकार गर्न नसकेको भन्ने आरोप लाग्न थालेपछि पाण्डेले मिश्रका अभिब्यीक्त नितान्त ब्यक्तिगत भउको प्रतिक्रिया दिएका हुन् ।

संयोजक मिश्रका विचारलाई पाण्डेले नितान्त व्यक्तिगत धारणाको संज्ञा दिएका हुन् । ती विचारसँग पार्टीको कुनै सम्बन्ध नभएको उनको भनाइ छ ।

संयोजक मिश्रले यस्तो अभिब्यक्ति सार्वजनिक गरेर पार्टीको वैकल्पिक राजनीतिक धारमाथी नै प्रहार गर्ने काम गरेको र पार्टीमाथी क्षति पुग्ने गरी प्रतिवेदन आएको भन्दै असन्तुष्टि पोखेको विवेकशील साझाका एक नेताले बताएका छन् ।

प्रतिक्रिया