शुक्रबार, वैशाख १४, २०८१

गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ- ऊर्जामन्त्री भुसाल

मेरोन्यूज २०७८ साउन ११ गते १९:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् ।

सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।”

नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री भुसालले विद्युत्को दरमा पुनःविचार गर्ने नीति बनाउने बताइन् । उनले भनिन्, “हाम्रोमा विद्युत्को दर महङ्गो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन । विद्युत्को दरमा पुनःविचार गर्नुपर्छ । विद्युत् महशुल समायोजन गर्नुपर्छ ।”

प्रतिक्रिया