शुक्रबार, चैत १६, २०८०

प्रत्येक प्रदेशमा १/१ हजार अक्सिजन सिलिण्डर भरेर राख्न सरकारकाे आग्रह

मेरोन्यूज २०७८ साउन ११ गते १८:४९

काठमाडाैं । काेराेना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा १/१ हजार अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरेकाे छ । मन्त्रालयले आज सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै अक्सिजन भरेकाे सिलिण्डर माैज्दात राख्न आग्रह गरेकाे हाे ।

निषेधाज्ञा गरेपनि काेराेना संक्रमण शून्यमा नझरेकाे र जुनसुकै बेला तेस्राे लहर आउन सक्ने भन्दै मन्त्रालयले अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरेकाे हाे । दाेस्राे लहरमा अक्सिजनकाे चर्काे अभाव देखिएकाे थियाे ।

प्रतिक्रिया