बिहीबार, वैशाख १३, २०८१

मोहन वैद्य, विप्लवसहित चार पार्टीको बैठक सम्पन्न

मेरोन्यूज २०७८ साउन ११ गते १७:३४

काठमाडौँ । चार वाम घटकको बैठक आज मध्यबानेश्वरको एक कलेजमा बसेको छ । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपाका अध्यक्ष ऋषि कट्टेल
र वैज्ञानिक समाजवादी पार्टीका नेता विश्वभक्त दुलाल ‘आहुति’ र जागृत रायमाझी सहभागी भएका थिए ।

बैठकमा सहभागी रायमाझीका अनुसार, समसामायिक राजनीतिक घटना क्रमका विषयमा बैठकमा समीक्षा गरियो । यी दलहरुले विगत केही समयअगाडि रणनीतिक मोर्चा निर्माण गरेर संयुक्त कार्यक्रम आयोजना गर्ने काम गरिरहेका थिए । त्यसको गतिविधि समीक्षा गरिएको छ ।

त्योबीचमा निष्कृय जस्तो देखिए पनि त्यसलाई सक्रिय बनाएर जाने संयुक्त कार्यक्रम पनि बनाउने भन्नेमा छलफल भएको थियो । बैठक फेरि दुई तिन दिनमै अर्को चरण पनि बस्ने र थप केही कार्यक्रम बनाएर जाने विषयमा छलफल भएको रायमाझीको भनाई ।

विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहको कुरा उठाएको छ । पार्टी निर्णय पनि उसको त्यही छ । तर अन्य तीन पार्टीले समिषा सभा, संर्घष, जन आन्दोलनलगायतका विषय उठाइरहेका छन् ।

प्रतिक्रिया