बिहीबार, वैशाख १३, २०८१

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

मेरोन्यूज २०७८ साउन ११ गते १७:२४


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका थिए । ‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ ।

अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उद्धृत गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस भन्ने हाम्रो भनाइ हो ।’
राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेका थिए ।

प्रतिक्रिया