बिहीबार, वैशाख १३, २०८१

नेप्से घटेपनि १४ अर्ब बढीको कारोबार

मेरोन्यूज २०७८ साउन ११ गते १६:५२


काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको दोश्रो दिन आज सोमबार घटेको छ । बजार परिसुचक ८ दशमलब २४ अंकले घटेर ३ हजार ५० दशमलब ४२ को विन्दुमा पुगेको हो ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २७ प्रतिशत धेरै हो । सोमबार कारोबार भएका २ सय २३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ १६ पैसा बराबरको कारोबार भएको छ ।

जस मध्ये सबैभन्दा बढी ङाग्दी गू्रप पावरको ३९ करोड ३० लाख , हिमालयन डिस्टीलरिको ३३ करोड ५६ लाख, एनआईसी एसिया बैंकको ३३ करोड ४१ लाख, कृषि विकास बैंकको ३२ करोड ८५ लाख र नेपाल बैंकको ३२ करोड ३१ लाख कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो, माउन्टेन हाइड्रो, ग्रिन लाइफ हाइड्रो, हिमालयन उर्जा विकास, र ङाग्दी ग्रुप पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।


कारोबार भएका समुहगत सूचक मध्ये बैंकिंङ, विकास बैंक, नेपाल टेलिकम आबद्ध अन्य समुह, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समुह बाहेकका सबै समूहगत सूचक बढेका छन् ।
सोमबार कारोबार भएका १ सय १० कम्पनीको मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया