मंगलबार, वैशाख ११, २०८१

ओलम्पिकमा जापानी दाजु–बहिनीले बनाए दुर्लभ कीर्तिमान

मेरोन्यूज २०७८ साउन ११ गते १५:४६

काठमाडौँ । जापानमा भइरहेको टोकियो ओलम्पिकमा २०२१ आयोजक राष्ट्र जापानका एकै परिवारका दाजु—बहिनीले जुडो खेलमा स्वर्ण पदक जितेर इतिहास रचेका छन् । उनीहरूले एकै ओलम्पिकमा एकै दिन, एउटै खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।

२१ वर्षीय आवे उताले ५२ केजी मुनीको तौल समूहमा स्वर्ण जितेको केही समयपछि २३ वर्षीय दाजु आवे हिफुमीले ६६ केजी मुनीको तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।

निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचालाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेण्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् ।

हिफुमीले जर्जियाका भाझा मार्ग भेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । उता यो तौल समूहमा स्वर्ण जित्ने पहिलो युवा खेलाडी बनिन् ।

हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने खेलाडी बने । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया