मंगलबार, फागुन २२, २०८०

ओलम्पिकमा जापानी दाजु बहिनीले जिते स्वर्ण

मेरोन्यूज २०७८ साउन ११ गते १५:३८


काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आयोजक राष्ट्र जापानका एकै परिवारका दाजु–बहिनीले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् ।
एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास नै हो ।

एउटै परिवारका दुई सदस्यले एकैदिन एउटा खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता बहिनीले ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय आवे हिफुमी दाइले ६६ केजीमुनिको तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।

निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचालाइ गोल्डेन स्कोर ४ मिनेट २७ सेकेन्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् ।


हिफुमीले जर्जियाका भाझा मार्गभेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । उता यो तौल समूहमा स्वर्ण जित्ने पहिलो युवा खेलाडी बनिन् । हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने खेलाडी बने । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् ।

Advertisement

प्रतिक्रिया