बिहीबार, वैशाख १३, २०८१

कोरोनाका कारण घट्यो विद्युत् प्राधिकरणको नाफा

मेरोन्यूज २०७८ साउन ११ गते १५:२९


काडमाडौं । कोरोनाका कारण विद्युत प्राधिकरणको नाफा ५० प्रतिशतले घटेको छ । कोरानाको समयमा भएको लकडाउन र निशेधाज्ञामा स्थलगत रिपोटिङमा बाधा भएकाले पनि नाफामा हस आएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

विभिन्न क्षेत्रको १५ अर्ब महसुल उठाउन नसकेका कारण अघिल्लो वर्षमा प्राधिकरणले सोचेजति नाफा गर्न नसक्ने अवस्थामा पुगेको छ ।
कोरोनाका कारण कर्मचारी परिचालित हुन नसक्दा १ प्रतिशत चुहावट बढ्दा १ अर्ब बराबरको घाटा अझै हुने देखिएको तिम्सिनाले बताए ।

आर्थिक वर्ष २०७२/ ७३ मा सबैभन्दा बढी २६ प्रतिशत चुहावट रहेको प्राधिकरणको तत्थ्यांकमा उल्लेख छ । एकातिर चुहावट बढ्नु अर्कोतर्फ उद्योग व्यवसायले मागे जति बिजुली दिन नसक्दा प्राधिरकणको आम्दानी क्रमशः ओरालो लागेको छ ।


प्राधिकरणका आयोजना मर्मतको नाममा लामो समय बन्द गरिएका छन् । कालीगण्डकीको मर्मतमा पनि त्यस्तै भयो । पछिल्लो पटक झण्डै २ महिनादेखि मर्मतका नाममा माथिल्लो त्रिशुली थ्री ए बन्द अवस्थामा रहेको छ ।

सो आयोजना बन्द गर्दा मध्यवर्षामा समेत भारतबाट बिजुली आयात गर्नुपरेको छ । भारतबाट आयात हुने बिजुलीको मात्रामा वृद्धि हुनु, सुक्खायामममा प्राधिकरण र अन्य निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादन समेत घटन जाँदा प्राधिकरणको घाटा बढेको हो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा नाफा मात्रै ५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७६ मा नाफा ११ अर्ब बराबर पुगेको थियो ।

अघिल्लो वर्षपनि प्राधिकरणको नाफा कागजमा मात्रै भएको चर्चा गरिएको थियो । यस वर्ष कागजी नाफा समेत नहुने अवस्था आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार कोरोना कहर, भारतबाट आयात हुने बिजुलीको मात्रामा भएको वृद्धि लगायतका कारणले नाफा घटेको बताए ।

प्राधिकरणले माथिल्लो अरुण, तामाकोशी पाँचौ, चैनपुर सेती, बुढीगण्डकी, दुधकोशी आयोजना अगाडि बढाउने तयारी गरिएको जनाएको छ । ती आयोजना कुन मोडलमा कसरी बनाउने भन्ने बारेमा आवश्यक निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया