बिहीबार, वैशाख १३, २०८१

एक वर्षमा १ हजारभन्दा बढी फर्मलाई जरिवाना

मेरोन्यूज २०७८ साउन ११ गते १५:१८


काठमाडौं । एक वर्षमा वाणिज्य विभागले १ हजार ५३ फर्मलाई जरिवाना गरेको छ भने ३८ को कारोबार रोक्का गरेको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनबाट गत आर्थिक वर्ष २०७७/०७८ को सो अवधिमा २ हजार ९ सय ४७ फर्ममा अनुगमन गरेको थियो ।

कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत २३ करोड ३९ लाख ८२ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
सो अवधिमा विभिन्न ३८ ओटा पसल तथा फर्मको कारोबार रोक्का गरिएको छ भने ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । १९ फर्म वा व्यक्तिलाई अभियोजनमा लगिएको विभागका प्रवक्ता शिवराज सेडाईले जानकारी दिए ।


उनका अनुसार विभिन्न १ हजार ५ सय ७९ फर्मलाई तत्कालै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको छ भने खान अयोग्य वा म्याद सकिएका ३ करोड ७३ लाख ८४ हजार ७ सय १ रकम बराबरको वस्तु नष्ट गरिएको छ । ६६ ओटा फर्म सामान्य अवस्थामा रहेको पाइएको प्रवक्ता सेडाईले बताए ।

विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी गरेर विभाग अन्तर्गतका ५ कार्यालयबाट आव २०७७÷०७८ को अवधिमा ४ हजार ७ सय ७९ फर्म तथा व्यवसायको अनुगमन गरिएको छ ।

५१ ओटा फर्मको कारोबार रोक्का र १ हजार ३ सय ४७ फर्मलाई जरिवाना गरिएको छ । ती फर्मको जरिवानाबापत ३ करोड ३३ लाख ७० हजार रुपैयाँ संकलन भएको छ भने म्याद समाप्त भएका र खान आयोग्य ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरका मालसामान नष्ट गरिएको छ ।
त्यस्तै, ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया