बिहीबार, वैशाख १३, २०८१

जसपा विवादमा रेशम चौधरी बसे तटस्थ

मेरोन्यूज २०७८ साउन ११ गते १५:१२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का निलम्बित प्रतिनिधिसभा सदस्या तथा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी सदस्यहरूको हस्ताक्षर सनाखत गर्ने भएसँगै चौधरी आयोग पुगेका थिए । उनले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैको पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका हुन् ।

‘जेलबाट आएर एउटा पक्षमा मात्रै हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’

प्रतिक्रिया