शुक्रबार, वैशाख ७, २०८१

जसपाका सांसद रेशम चौधरी पुगे आयोग (तस्वीरहरू)

जुली गिरी २०७८ साउन ११ गते १४:४१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का निलम्बित प्रतिनिधिसभा सदस्य तथा कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । उनी डिल्लीबजार कारागारबाट कडा सुरक्षा घेराका बीच आयोग पुगेका हुन् ।

जसपाको आधिकारिकता विवाद टुंग्याउन आयोगले हस्ताक्षर सनाखत गर्ने भएसँगै चौधरी आयोग पुगेका हुन् । सुरुमा आयोगका पदाधिकारीहरू नै जेल जाने भनिए पनि चौधरी आफै आयोग पुगेका हुन् ।

कैलालीको टीकापुर घटनामा अदालतले उनलाई दोषी करार गरेपछि उनी काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा बन्दी जीवन बिताउँदै आएका थिए । उनी निलम्बित सांसद हुन् ।

उनले आफू स्वयम आयोगमा उपस्थित हुने भएपछि आयोगमा जाने व्यवस्था गरिएको हो । उनी प्रहरीको गाडीमा आयोग पुगेका हुन् ।

चौधरी सुरुमा पार्टी अध्यक्ष महन्थ ठाकुरको पक्षमा भए पनि अहिले अर्का अध्यक्ष उपेन्द्र यादवमा देखिएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया