शनिबार, वैशाख १५, २०८१

धादिङको बेनिघाटमा एक पुरुष मृत फेला

मेरोन्यूज २०७८ साउन ११ गते १४:२३

धादिङ । जिल्लाको बेनिघाट रोराङ २ स्थित खानीखोलामा अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको छ । सोमबार प्रहरीले खैरो रंगको सट र कालो रंगको पाइन्ट लगाएको अवस्थामा शव फेला पारेको हो ।

उनको अनुहार पहिचान हुन नसक्ने गरी विक्षिप्त अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले मेरोन्युजलाई बताए । उनले भने, ‘शवको पहिचान हुन नसक्ने गरी विक्षिप्त भएको छ ।’

के कारणले मृत्यु भयो भन्ने नखुलेको डिएसपी खड्काले बताए । उनले भने, ‘अब पोस्टमार्टमको तयारी हुँदै छ, पोष्टमार्टमपछि मात्रै हत्याको कारण खुल्नेछ, पोष्टमार्टमको लागि गजुरी अस्पताल ल्याएका छौँ ।’

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया