बिहीबार, चैत १५, २०८०

महन्थ ठाकुरका विश्वास पात्र यादव र सुमनले छाडे साथ

मेरोन्यूज २०७८ साउन ११ गते १३:५४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेसँगै निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गरेको छ । पार्टीको आधिकारिकतामा विवाद आएपछि आयोगले आज हेड काउन्ट गरेको हो ।

५१ जना कार्यकारिणी सदस्यमध्ये दुई अध्यक्षहरू महन्थ ठाकुर वा उपेन्द्र यादव जसको पक्षमा बढी हस्ताक्षर हुन्छ उसले आधिकारिकता प्राप्त गर्ने आयोगले जनाएको छ । यस क्रममा अध्यक्ष ठाकुर पक्षबाट मन्त्री बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिश सुमनले अर्का अध्यक्ष यादव पक्षबाट हस्ताक्षर गरेका छन् ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा अध्यक्ष ठाकुरले यादवलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । सुरुमा ठाकुरले मन्त्री बन्नेको नामावली पठाउँदा ओलीले यादवलाई मन्त्री बनाउन मानेका थिएनन् । पछि जसपा ठाकुर पक्षलाई एउटा मन्त्री थप हुँदा नेता यादव मन्त्री बनेका थिए ।

कार्यकारिणी सदस्यहरूका दुई नेताहरूले अध्यक्ष ठाकुरको साथ छोड्दा उनी थप कमजोर बनेका छन् । उता अर्का अध्यक्ष यादव बलियो बनेका छन् । उनको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

Advertisement

प्रतिक्रिया