बुधबार, वैशाख १२, २०८१

पार्टीको विवाद टुंग्याउन जसपाका नेताहरू आयोगमा (तस्वीरहरू)

जुली गिरी २०७८ साउन ११ गते १२:५३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारितामाथिको विवाद टुंग्याउन नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । आयोगले जसपाका आधिकारिकताको विवाद अन्त्य गर्न कार्यकारिणी सदस्यको सनाखत गर्ने भएसँगै नेताहरू आयोग पुगेका हुन् ।

कार्यकारिणी सदस्यको सनाखतका लागि अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, कार्यकारिणी अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू उपस्थित भएका छन् । कूल ५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये आफ्नो पक्षमा ३४ जनाले हस्ताक्षर गरेको जसपाका अध्यक्ष यादवले जानकारी दिए ।

कार्यकारिणी सदस्यको सनाखत हुने भएपछि जेलमा रहेको प्रतिनिधिसभा सदस्यसमेत रहेको रेशम चौधरीलाई आयोगमा ल्याउने तयारी भएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया