शुक्रबार, चैत १६, २०८०

रेशम चौधरीलाई निर्वाचन आयोग ल्याउने तयारी हुँदै

मेरोन्यूज २०७८ साउन ११ गते १२:३८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरी निवार्चन आयोगमा जाने भएका छन् । जसपाको आधिकारिकतामा विवाद हुँदै गर्दा कार्यकारिणी सदस्यको सनाखत गर्ने भएपछि उनी आयोग जाने भएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी सदस्यहरूको सनाखत हुने भएपछि चौधरीलाई आयोगमा ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी भनिएका चौधरी डिल्ली बजार कारागारमा रहेका छन् ।

उनी महन्थ ठाकुर पक्षका नेता हुन् । तर, पछिल्लो समय पार्टीमा विवाद देखिएसँगै उनी अर्का अध्यक्ष यादव पक्षतर्फ लागेका हुन् ।

प्रतिक्रिया