शुक्रबार, वैशाख १४, २०८१

जसपाका नेताहरूको सनाखत सुरु, आजै निर्णय आउने

मेरोन्यूज २०७८ साउन ११ गते ११:५२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत हुन थालेको छ । निर्वाचन आयोगमा जसपाका कार्यकारिणी समिति सदस्यको सनाखत सुरु भएको हो ।

सनाखत गर्न जसपा अध्यक्ष उपेन्द्र यादव तथा कार्यकारिणी समितिका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् । सनाखतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूसमेत उपस्थित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ सुरु भएको जानकारी दिए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै बताए ।

प्रतिक्रिया