शनिबार, वैशाख ८, २०८१

रेशम चौधरीबारे सनाखत गर्न आयोगका पदाधिकारी जेल जाँदै

मेरोन्यूज २०७८ साउन ११ गते १०:५१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेट्न निवार्चन आयोगका पदाधिकारी जेल जाने भएका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगका पदाधिकारीहरू चौधरीको अवस्थाबारे भेट्न जेलमा नै जाने भएका हुन् ।

कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी भनिएका चौधरी कारागारमा रहेका छन् । उनी महन्थ ठाकुर पक्षका नेता हुन् । चौधरीबारे आयोगका पदाधिकारीहरूले जेलमा पुगेर नै सनाखत गर्ने भएका हुन् ।

प्रतिक्रिया