बिहीबार, वैशाख १३, २०८१

प्रचण्डलाई भेट्न पौडेल पुगे खुमलटार, देउवाको कार्यशैलीप्रति असन्तुष्टि

मेरोन्यूज २०७८ साउन ११ गते १०:३७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र छलफल नै नगरी राज्यमन्त्री थपेपछि असन्तुष्ट बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलले आज माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालसँग भेट गरेका छन् ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा पुगेर पौडेलले सत्ता गठवन्धनका विषयमा छलफल गरेका हुन् ।

छलफलका क्रममा पार्टी सभापति समेत रहेका देउवाले मनोमानी गर्न थालेको पौडेलले बताएका थिए ।

प्रधानमन्त्रीले मनोमानी तरिकाले मन्त्री नियुक्त गर्दा सत्ता गठवन्धनमा समेत समस्या आउने उनको भनाई थियो ।

भोलिका दिनमा अप्ठ्यारो स्थिति सिर्जना हुनुभन्दा पहिलेदेखि नै सचेत गराउन दाहाल निवास गएको पौडेलको सचिवालयले जनाएको छ ।

देउवाले हिजो आइतबार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । दाहाल निवास पुगेका पौडेलले दाहालकी पत्नी सीतासँग पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया