शनिबार, वैशाख १५, २०८१

मन्त्रिपरिषद बैठक ३ बजे बस्ने, मन्त्रालयगत एजेन्डामाथि छलफल हुने

मेरोन्यूज २०७८ साउन ११ गते ९:५९

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत एजेन्डामाथि छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको १५ दिन हुन लाग्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिएका छैनन् ।

गत असार २९ गते नै माओवादी केन्द्र र कांग्रेसका २/२ जना मन्त्री बनाएर मन्त्रीमण्डल गठन गरेका देउवाले हिजो आइतबार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

मन्त्रीमण्डलले पूर्णता नपाउँदा नीति निर्माणमा प्रत्यक्ष असर परिरहेको छ ।

प्रतिक्रिया