बिहीबार, वैशाख ६, २०८१

लगातार ३ दिन वर्षा हुने, सावधानी अपनाउन आग्रह

मेरोन्यूज २०७८ साउन ११ गते ७:११

काठमाडौं । मनसुन सक्रिय भई आजदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

वर्षाा गराउने न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले आजदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

आइतबार रातिदेखि उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुगेकाले मनसुन सक्रिय भएकाले बुधबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज विहानदेखि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र ५ का केही स्थानमा हल्का वर्षा हुने संकेत गरेको छ ।

यस्तै राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोली मंगलबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राती, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तीन दिने वर्षा हुनेमा बुधबार विहानदेखि दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वागमती, लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वागमती , गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया