शुक्रबार, वैशाख ७, २०८१

श्रीमतीको हत्या गर्ने ७५ वर्षीय वृद्ध पक्राउ

मेरोन्यूज २०७८ साउन १० गते २१:२२

काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका ४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण न्यौपानेले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् । उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया