बिहीबार, चैत १५, २०८०

निर्मला पन्त प्रकरणबारे प्रधानमन्त्रीको चासो, दोषी पत्ता लगाउन निर्देशन

मेरोन्यूज २०७८ साउन १० गते २०:२५

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बलात्कारपछि हत्या भएकी बालिका निर्मता पन्तको घटनाबारे छलफल गरेका छन् । उनले आज गृहमन्त्री र नेपाल प्रहरीका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग छलफल गरेका हुन् । देउवाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

प्रतिक्रिया