बुधबार, वैशाख १२, २०८१

थप २ हजार २३७ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ साउन १० गते १७:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया