बिहीबार, वैशाख १३, २०८१

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने निर्णय

मेरोन्यूज २०७८ साउन १० गते १७:१०

काठमाडौं । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ । सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहने गरी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

सोही बमोजिमका आदेशहरुलाई निरन्तरता दिँदै निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन ।

शैक्षिक संस्थाहरू अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । आज बसेको बैठकले सोही निर्णयलाई निरन्तरता दिने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरीएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको थियो ।

प्रतिक्रिया