बिहीबार, वैशाख १३, २०८१

१० दिनदेखि वेपत्ता धादिङकी युवती मृत अवस्थामा फेला

मेरोन्यूज २०७८ साउन १० गते १६:२९

काठमाडौं । १० दिनदेखी हराईरहेकी धादिङ जिल्लाको गजुरी गाउँपालिका ८ किराञ्चोक घर भएकी २० वर्षीया सम्झना रोक्का मृत अवस्थामा फेला परेकी छन् ।

गत १ गतेदेखि वेपत्ता रहेकी रोक्का आफ्नै घरमाथिको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले मेरोन्युजलाई जानकारी दिए । उनको शव सामान्य अवस्थामा फेला परेको एसपी खड्काले बताए । उनले भने,‘शवको अवस्था हेर्दा सामान्य छ, त्यस्तो चोटपटक केही देखिदैन तर सम्झना बिरामी रहेको कुरा पनि आएको छ तर के बिरामी थिइन् भन्ने पुष्टि भैसकेको छैन ।’

उनको शवको पोस्टमार्टम कार्य भईरहेको छ, पोस्र्टमार्टम पछिमात्रै मृत्युको कारण खुल्ने एसपी खड्काले जनकारी दिए । ‘शव परिक्षणको काम भैरहेको छ, मृतकको शरीरमा चोटपटक हरु केही देखिएको छैन, अब मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछी मात्रै थाहाँ हुन्छ ।, हामीले घटनास्थलबाटै अनुसन्धान सुरु गरेका छौँ ।’ एसपी खड्काले भने ।

प्रतिक्रिया