शुक्रबार, वैशाख १४, २०८१

लकडाउनको विरोध गर्दै अस्ट्रेलियामा प्रदर्शन

मेरोन्यूज २०७८ साउन १० गते १५:४६

काठमाडौँ । अष्ट्रेलियाका विभिन्न राज्यमा कोरोना भाइरस संक्रमण फैलिएसँगै सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य संकटकालको विरोधमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका छन् ।

सरकारले महामारी संक्रमण नियन्त्रण गर्न घोषणा गरेको लकडाउन तथा स्वास्थ्य संकटकालको उपायको विरोध गर्दै शनिबार लकडाउनविरुद्धको प्रदर्शनलाई अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गरेका छन् ।

प्रदर्शनका सहभागीलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’को संज्ञा दिँदै तिनले कोरोना फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताए । उनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै उपाय नभएको बताउँदै आएका छन् ।

यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गरेकी छन् । विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ । एजेन्सी

प्रतिक्रिया