शनिबार, वैशाख ८, २०८१

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

मेरोन्यूज २०७८ साउन १० गते १४:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दरलाई नियन्त्रण गर्न जारी निषेधाज्ञा थप्ने वा नथप्ने भन्नबारे निर्णय गर्न काठमाडौँ उपत्यकका ३ प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू बैठक बस्ने भएको छ । कोरोनाको बढ्दो दललाई मध्यनजर गर्दै निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सिडिओहरू आज अपराह्न ४ बजे बैठक बस्न लागेका हुन् ।

उपत्यकामा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी भएको काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीले मेरोन्युजलाई जानकारी दिए । ‘साबिकका केही निर्णयहरू परिवर्तन गरेर निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छौँ,’ उनले भने, ‘निषेधाज्ञा थप्ने भन्ने नै छैन, ४ बजे बैठक बस्ने तयारी छ ।’

जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन ।

शैक्षिक संस्थाहरू अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । साउन १ गतेबाट थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ ।

प्रतिक्रिया