बिहीबार, वैशाख १३, २०८१

कांग्रेस पौडेल पक्षको बैठक जारी

मेरोन्यूज २०७८ साउन १० गते १३:५४

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक बैठकमा जुटेको छ । पौडेल समूहको बैठक अहिले महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको छ ।

बैठकमा सरकार सञ्चालन, पार्टीको आसन्न महाधिवेशन जस्ता विषयमा छलफल हुने भएको हो । छलफलमा नेता पौडेल, महामन्त्री डा कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री डा रामशरण महतलगायत नेताहरू उपस्थित भएका छन् ।

शनिबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेसँगै महाधिवेशन प्रभावित हुने भएको छ । महाधिवेशनको नयाँ कार्य तालिकासमेत सार्वजनिक भएको छैन ।

प्रतिक्रिया