शनिबार, वैशाख १५, २०८१

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन १० गते १३:३८

काठमाडौँ । दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ४ स्थित अर्नहवा घुम्ती नजिकै भएको दुर्घटनामा २९ वर्षीय युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया