मंगलबार, वैशाख ४, २०८१

प्रधानमन्त्रीलाई यातायात व्यवसायीले बुझाए चाबी

मेरोन्यूज २०७८ साउन १० गते १३:२४

काठमाडौँ । यातायात व्यवसायीहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई चाबी बुझाएका छन् । महासंघले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक चाबी बुझाएका हुन् ।

उनीहरूले विभिन्न ७ बुँदे माग राख्दै चाबी बुझाएका हुन् । आफ्नो माग पूरा नभए यातायात सञ्चालन गर्न नसकिने व्ययवासीहरूले बताएका छन् ।

यस्तै, उनीहरूले खोपको व्यवस्था, सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था, भाडा समायोजन, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँच गरी थप १० वर्ष चलाउन मागसहित विभिन्न बुँदा रहेको छ ।

प्रतिक्रिया