मंगलबार, चैत ६, २०८०

नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

मेरोन्यूज २०७८ साउन १० गते १२:४३

काठमाडौं । नेपाली फुबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा गरेका छन् । उनले नेपाली फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी २०७७ चैत २२ देखि सम्हाल्दै आएका थिए । कुवेतका हुन् उनी । यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरीले कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्ने बताईएको थियो । तर उनले पाँच महिनाकै वीचमा राजीनामाको घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटवल संघका उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको टसलका कारण राजीनामा दिएको बताईएको छ । उनले राजीनामा दिएको घोषणा गरेको समाजिक सन्जालमै आफनो राजीनामाले पंकज नेम्वाङ खुसी भएको हुनुपर्छ भनेर समेत लेखेका छन् । उनले सामाजिक सन्जालवाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको थियो ।

उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका थिए । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्ने र नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुने गरी सम्झौता भएको थियो ।

Advertisement

प्रतिक्रिया