शुक्रबार, वैशाख १४, २०८१

क्रुर मानव

सामुलय लिटिल : जसले ३० वर्षमा ९३ जनाको हत्या गरे

दया दुदराज २०७८ साउन ९ गते १८:०७
Source: FBI

काठमाडौँ । अपराधको दुनियाँमा यस्ता धेरै सिरियल किलरहरु छन् । जसले आफ्नो इच्छाका लागि क्रुर हत्या गर्ने गर्छन् ।

इतिहासमा यस्ता धेरै क्रुर हत्याराहरु छन् । उनीहरूले आफ्नो स्वार्थका लागि सयौँ व्यक्तिहरुको हत्या गरेका छन् । यस्ता व्यक्तिहरुलाई सिरियल किलर भनिन्छ ।

इतिहासमा एलिजावेथ वेथरीदेखि ठग बेहराम जस्ता खुँखार सिरियल किलर थिए । जसले सयौँ व्यक्तिलाई आफ्नो स्वार्थका लागि हत्या गरे । र, आरोप पुष्टि भएपछि कडा सजाएका भागिदार भए । केही सिरियल किलरहरुले राजा महाराजादेखि रैतीसम्मलाई हत्या गरे ।

सिरियल किलरको जमातमा नछुट्ने अर्को नाम हो, ‘सामुयल लिटिल’ । जसले ३० वर्षमा ९३ महिलाहरुको हत्या गरे । सामुयलको जन्म सन् जुन ७, १९४० संयुक्त राज्य अमेरिकाको जर्जिया प्रान्तस्थित रेन्याल्डोसमा भएको थियो ।

अपराधिक यात्रा

उनी आफ्नो हजुरआमासँग हुर्किएका थिए । उनले पढ्न समस्या भएपछि विद्यालय छाडेका थिए । उनले विद्यालय छाडेपछि विभिन्न अपराधिक घटनाहरुमा संलग्न भए । उनी सानै उमेरमा सुधार गृह गएका थिए ।

सुधार गृहबाट निस्किएपछि स्थिर हुन सकेनन् । एक प्रान्तबाट अर्को प्रान्तमा आवतजावत गर्ने र चोरी, ठगी, जबरजस्ती करणी जस्ता घटनाका कारण पक्राउ परिरहन्थे । सन् १९६० को अन्त्यतिर सामुयल आफ्नो आमासँग बस्न गएका थिए ।

उनी आफ्नो आमाकहाँ बसेर केही समय काम गर्न थाले । तर स्थिर रहन सकेकन् । उनले फेरि पहिलेको जस्तै अपराधिक घटनाहरु दोहोर्याउन थाले ।

FBI

एफबिआईका अनुसार सामुयलले १९७० देखि २००५ सम्ममा समय अवधिमा ९३ जनाको हत्या गरेका छन् । साथै उनले सन् १९६० देखि नै हत्या गर्न थालेको समेत भनिन्छ । तर, एफबिआईले भने उक्त कुरालाई प्रमाणित गरेको छैन ।

सामुयलले ३० वर्षको अवधिीमा ९३ जनाको हत्या गरेको स्वीकारेका छन् । यद्यपि, प्रहरीले ६० वटा हत्याको पुष्टि गरेको छ । अन्य हत्याका घटनामा समेत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कस्तालाई बनाउँथे सिकार

सामुयलले दिएको बयानमा आफूले महिलाको बढी हत्या गरेको बताएका थिए । यौनकर्मीहरु, गरिबीका रेखामुनी रहेका, समलिंगी र कालो वर्णका मानिसको हत्या गर्ने गरेको एफबिआईसँग स्वीकारेका थिए । यस्ता पीडित कानुनी दायरामा जान नसक्ने र प्रहरी प्रशासनले समेत यस्ता महिलाहरुको विषयमा धेरै चासो नदिने हुँदा आफूले यस्ता महिलाहरुको हत्या गरेको सामुयलले स्वीकारेका थिए । उनले समस्यामा परेर यौनकर्ममा लाग्न बाध्य रहेकाको हत्या गरेको स्वीकारेका थिए ।

FBI

प्रहरीका हिरासतमा पुगेका उनले आफूले हत्या गरेका महिलाको पहिचान गरेको र उनले हत्या गरेका कतिपय पीडितको अझैसम्म शवसमेत नभेटिएको एफबिआईले जनाएको छ ।

आफ्नो जीवन कालमा ९० भन्दा बढीको हत्या गरेका सामुयल सन् २०१२ देखि जेलमा थिए । उनको ८० वर्षको उमेरमा सन् २०२० डिसेम्बर ३१ मा कारागारभित्रै मृत्यु भएको थियो । उनी २०१४ देखि नै मधुमेहका रोगी थिए । सोही रोगका कारण उनको मृत्यु भएको समाचारमा जनाइएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया