बिहीबार, वैशाख १३, २०८१

जसपा अध्यक्ष ठाकुर र विप्लवबीच भेट वार्ता

मेरोन्यूज २०७८ साउन ९ गते १५:५१

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट वार्ता गरेका छन् । ठाकुरलाई भेट्न विप्लव र नेता खड्गबहादुर विश्वकर्मा उनकै निवासमा पुगेका हुन् ।

पछिल्ला दिनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलाई विप्लवले भेटिसकेका छन् । यस्तै, उनले कमल थापा, मोहन वैद्यलगायतका नेतासँग पनि भेट वार्ता गरेका छन् ।

विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेट गदै आएका छन् ।

प्रतिक्रिया