शनिबार, वैशाख १५, २०८१

‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा हुँदै, यस कारण अनुपस्थित भए ओली (तस्वीरहरू)

जुली गिरी २०७८ साउन ९ गते १५:२२

काठमाडौँ । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संग नेपालले ‘युथफोर्स’को भ्याली कमाण्ड घोषणा गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमाण्डका सदस्यहरूलाई आज शनिबार शपथ खुवाउने कार्यक्रम रहे पनि ओली अनुपस्थित भएका छन् । एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय नेताहरूले युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा नजान आग्रह गरेपछि ओली रोकिएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथीमा महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् । शपथ ग्रहणअघि युथफोर्सले मोटरसाइकल र्‍याली गरी शक्ति प्रदर्शन गरेको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया