शुक्रबार, चैत १६, २०८०

गुरु पूर्णिमा फोटो पत्रकारलाई योग प्रशिक्षण

मेरोन्यूज २०७८ साउन ९ गते १४:५१

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा गुरु पूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम सम्पन्न भएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने चलन छ ।

यसै अवसर पारेर फोटो पत्रकारहरूलाई लक्षित गरी फोटो पत्रकारको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थलाई ध्यानमा राखेर उक्त कार्यक्रम आयोजना गरेको संस्थाका महासचिव प्रदीपराज वन्तले जानकारी दिए ।

‘गरौँ योग, रहौँ निरोग मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने नाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्वारा बौद्धस्थित सिदार्थ होटलमा २० जना फोटो पत्रकारहरुलाई १ घण्टाको योग अभ्यास सिकाएका थिए ।

उक्त अवसरमा पत्रकारलाई नसा, श्वास प्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाएका थिए । उक्त योगले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने कुरा गुरु रिम्पोछेले बताए ।

Advertisement

प्रतिक्रिया