शुक्रबार, चैत १६, २०८०

कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय, नयाँ कार्यतालिका ल्याउने

मेरोन्यूज २०७८ साउन ९ गते १३:४३

काठमाडौँ । नेपाली कांग्रेसले तल्ला तहका सबै अधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक तल्ला तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा तल्ला तहको अधिवेशन अर्को कार्य तालिका नआउँदासम्म स्थगित गर्ने निर्णय गरेको हो । अधिवेशन आगामी १२ गतेदेखि सुरु हुँदै थियो ।

आजको बैठकमा पदाधिकारीहरूले महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको ताएका छन् । पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।

प्रतिक्रिया