बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड पुगे माधव नेपाल निवास कोटेश्वर, गठबन्धन भत्किन नदिने प्रयास

मेरोन्यूज २०७८ साउन ९ गते ११:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । नेता नेपाललाई भेट्न शनिबार बिहान उनी कोटेश्वर पुगेका हुन् ।

प्रचण्डले शुक्रबार नेता नेपालले गरेको भाषणका लागि ‘धन्यवाद’समेत दिएका थिए । केपी शर्मा ओलीलाई ‘महाराज’ भनेकोमा आफूले नेता नेपाललाई धन्यवाद दिएको प्रचण्डले बताए ।

दुई नेताबीचको छलफलले आगामी दिनमा समेत सत्तारुढ गठबन्धनलाई कायमै राख्ने जनाइएको छ ।
नेता नेपाललाई भेटेर पार्टी कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिने प्रयास भइरहेको बताएका थिए ।

प्रचण्डले ओलीप्रति नेता नेपालले बडो सुन्दर व्यंग्य गरेकाले भेटेर धन्यवाद दिएको जानकारी दिए ।

प्रतिक्रिया