बिहीबार, वैशाख १३, २०८१

हवल्दार गुरुङको हत्यारा पक्राउ

मेरोन्यूज २०७८ साउन ८ गते २२:०७

चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ । पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङलाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए ।

अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उनले बताउनुभयो । उनले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।

प्रतिक्रिया