मंगलबार, चैत ६, २०८०

असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसद्को अनुमति

मेरोन्यूज २०७८ साउन ८ गते २१:५३

वाशिङ्टन । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताबलाई अनुमोदन गरिएको हो ।

अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो । त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।

ह्वाइट हाउसल भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७५० एसआईभी आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरूलाई उनीहरूको कागजपत्र पुनःरावलोकन गरी सुरक्षित तेस्रो देशमा बसाइने बताइएको छ ।

हालै अमेरिकी सेनाका लागि काम गर्ने एक अफगान दुभाषी सोहेल पारडिसलाई तालिवानले टाउको काटी हत्या गरेका थिए । पारडिस हजारौं अफगान दोभाषेमध्ये एक थिए जसले अमेरिकी सेनाका लागि काम गरे र अहिले तालिवानको कारबाही भोग्नु पर्याे । तालिवान समूहले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयसँगै अफगानी तालिवान लक्षित कारबाहीलाई रोकेको छ ।

यसैबीच तालिवान समूहले अफगानिस्तानका सीमा क्षेत्रका कतिपय जिल्ला आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

Advertisement

प्रतिक्रिया