मंगलबार, चैत ६, २०८०

डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वाेच्चकाे आदेश

मेरोन्यूज २०७८ साउन ८ गते २१:३८

काठमाडाैं । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश लिएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डीआईजीको चारवर्षे कार्यकाल पूरा गरेर उहाँले गत असार ८ गते अनिवार्य अवकाश लिएका थिए । डीआईजीको कार्यकाल चार वर्ष पूरा भए पनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने कानूनी प्रावधान नियमावली भएको र सोहीअनुसार श्रेष्ठको पदावधि थप्नसकिने व्यवस्था थियो ।

कार्यकाल थप नगरिएको विरुद्ध श्रेष्ठले यही साउन ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया