शुक्रबार, वैशाख १४, २०८१

भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श

मेरोन्यूज २०७८ साउन ८ गते १९:५१

काठमाडाैं । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत कम्पेक्स छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले परामर्श गरेको हो ।

यसबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१÷२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा आफूहरुले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताए ।

कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया