बिहीबार, वैशाख १३, २०८१

जसपा अधिकारिता विवाद

‘हेड काउन्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर सर्वाेच्चमा

मेरोन्यूज २०७८ साउन ८ गते १८:५२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगले आगामी ११ साउनमा जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ नेताको हेड काउन्ट’ गर्न खोजेपछि त्यसलाई रोक्न माग गर्दै सर्वाेच्च अदालत पुगेका छन् ।

उनले आफूले विधान अनुरुप गरेको पार्टीको निर्णयलाई मान्यता नदिई ५१ जनाको कार्यकारिणी समितिलाई मात्र मान्यता दिने गरी निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्न खोजेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

निर्वाचन आयोगले ३ साउनदेखि जसपाको आधिकारिता विवादमा प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा इजालस नै गठन गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएको छ । आयोगले ११ गते बहुमत परीक्षण गर्ने जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेको ५१ जनाको हेड काउन्ट गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया