बिहीबार, चैत १५, २०८०

चीनको हेनान प्रान्तमा वर्षापछिको बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६

मेरोन्यूज २०७८ साउन ८ गते १८:४४

झेङझाउ । चीनको मध्य क्षेत्रमा व्यापक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ ।

Advertisement

प्रतिक्रिया