शुक्रबार, वैशाख ७, २०८१

सुजिता मृत्यु प्रकरण : दाजु नाता पर्नेसँग विवाहको प्रस्ताव गरेपछि विवाद

मेरोन्यूज २०७८ साउन ८ गते १६:११

काठमाडौँ । चितवन राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले उनकै दाइ पर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतक सुजिताको ठूलो बुवाका छोरा पर्ने झापा जिल्लाको झापा गाउँपालिका ६ शरणमतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुजिताको दाइ नाता पर्ने सचिन रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रहरीका अनुसार सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सृजना भएको थियो । उनीहरु विदेशमै पुगेर बिहे गर्ने सोचमा रहेको प्रहरीले जनाएको छ ।

असार ११ गते बेपत्ता सुजिता २० गते राप्ती नगरपालिका ३ स्थित सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।

सुकदेवविरुद्ध ज्यान सम्बन्धि कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया