शुक्रबार, वैशाख १४, २०८१

ओलीलाई महाराजधिराज भन्दै माधव नेपालले भने, महाराजधिराजवाट हामीलाई आममाफी दिने कुरा आयो

मेरोन्यूज २०७८ साउन ८ गते १६:०७

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले केपी ओलीमा अझै पनि आफुलाई महाराजधिराज ठान्ने प्रवृति जिवितै रहेको बताएका छन् ।

ओलीले आफुलाई महाराजधिराज ठानेर माधव नेपाल लगायत नेतालाई आममाफी दिने घोषणा गरेको भन्दै नेपालले महाराजधिराजवाट आममाफी उवाज आएको टिप्प्णी गरेका हुन् ।

‘श्री ५ महाराजधिराजको हिजो एउटा अभिब्यक्ति आयो माधव नेपाल लगायतमाथी आममाफी दिइन्छ । महाराजधिराजवाट आममाफीको उवाच आयो ’ नेपालले भने,–‘ एमालेभित्रका महाराजले आममाफी दिने भनेपछि हामी नाच्नुपर्ने छ र ? स्पष्टीकरण सोध्ने गल्ती गरे, फिर्ता लिन्छु भनेको भए के केपी ओलीको हाइट घटथ्यो, अझै उस्तै छ सोच–ब्यवहार ।’

विहिवार माधव नेपाल लगायत वाटो विराएका नेताहरुलाई आममाफी दिने भन्दै ओलीले पार्टीलाई एकजुट बनाउन एकतामा आउन आग्रह गरेका थिए । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानकै हलवाट ओलीले पुष्पलाल स्मृति दिवसमा एमालेले आयोजना गरेको कार्यक्रममा नेपाल सहितका वाटो विराएर हिडिरहेका नेतालाई आममाफी दिने वताएका थिए ।

त्यसको प्रतिउत्तर जवाफ नेपालले पनि त्यही हलवाट दिन पाएका छन् । उनी निकटका नेता जगन्नाथ खतिवडा अध्यक्ष रहेको पुष्पलाल मित्रता केन्द्रले तुलसीलाल स्मृति प्रतिष्ठानकै हलमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलनको बर्तमान संकट र आगामी बाटो’ अन्र्तक्रिया कार्यक्रममा नेपालले महाराजले अझै पनि आफनो सोच र ब्यवहार सच्चउन नसकेको टिप्पणी गरेका हुन् ।

जसले आफनो घर समाल्न सक्दैन, उसले पार्टी कसरी सम्हाल्छ ? भन्ने प्रश्न पनि नेता नेपालले ओलीसँग सोधे । कम्युनिष्ट पार्टीको संसदमा १७४ सिट रहेकोमा अहिले ८३ मा झरेको प्रसंग उठाँउदै नेपालले त्यो संख्या पनि अझ घट्न सक्ने वताए ।

संसद वचाउन आफुहरुले महत्वपूर्ण काम गरेको र त्यो वचाउन प्रधानमन्त्री शेरवहादुर देउवालाई मत दिएका एमाले नेताहरुलाई उनले धन्यवाद समेत दिए ।

भेट कतै नहाली तटस्थ वसेका नेतालाई पनि नेपालले धन्यवाद दिदै ओलीको साथमा नहिडेकोमा धन्यवाद दिएका थिए ।

३ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न ओलीले खोजेको भन्द्यै त्यो षडयन्त्र पनि आफुहरुले असफल पारिदिएको नेता नेपालको भनाई थियो ।

उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’ ओलीले पटक पटक संघट विघटन गरेर असम्वैधानिक काम गरेपनि त्यसको रक्षा आफुहरुले गरेको नेपालले वताए ।

‘मसँगै जोडिएका २३ जना , देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाललाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’

जीवन संर्घष हो, संर्घष देखि भागेर हिड्छु नभन भन्दै नेपालले ‘संकट आउँछन् , तर संकट आयो भन्दैमा मैदान छोडेर भाग्न नहुने बताएका छन् ।

प्रतिक्रिया