शनिबार, वैशाख १५, २०८१

पार्टी कार्यालयको अनसन र धर्ना अन्त्यको जिम्मा महत दाजुभाईलाई

मेरोन्यूज २०७८ साउन ८ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका विषयमा प्रश्न उठाउँदै सानेपालमा जारी धर्ना अन्त्यको जिम्मा पार्टी महत दाजुभाइलाई दिएको छ ।
आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले दुई नेतालाई सानेपामा जारी धनुषाका तीन नेताको आमरण अनसनसहित विभिन्न जिल्लाको धर्ना अन्त्यको जिम्मा रामशरण महत र प्रकाशशरण महतलाई दिएको हो ।

सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, “आजको बैठकले हामी दुइजनालाई क्रियाशील सदस्यता विवादको जिम्मा दिएको छ । भोलिको बैठक अघि हामीले समाधानको उपाय सुझाउनु पर्नेछ ।”

प्रतिक्रिया