शुक्रबार, वैशाख १४, २०८१

यी चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

मेरोन्यूज २०७८ साउन ८ गते १४:०५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्न चार अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा विदेश जानेहरूका लागि खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको हो ।

दुई दिनयता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड अत्यधिक बढेपछि मन्त्रालय थप खोप प्रमाणीकरणको कार्ड लिने ठाउँ थप गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले थप अन्य ३ अस्पतालमा खोप प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको छ ।

खोप नलगाई विदेश गएमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नु पर्ने भएकाले खोप लगाएर जान चाहने धेरै छन् ।

प्रतिक्रिया