मंगलबार, चैत ६, २०८०

प्रधानमन्त्रीले संसद विघटन गर्न लागेको सुनेको छु : नेता नेम्वाङ

मेरोन्यूज २०७८ साउन ८ गते १४:०१

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्न लागेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूलाई संसद विघटन गर्ने तयारी भएको अपुष्ट कुरा सुनेको बताएका हुन् ।

यस्तै, उनले प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको बताउँदै थप मन्त्रिपरिषद विस्तार चाँडो गर्न आग्रह गरे । उनले भने, ‘अहिलेसम्म मन्त्रिपरिषद किन विस्तार हुन सकेन ? अध्यादेश ल्याएर देश चलाउने योजना छ भन्ने कुरा के हो ?’

संसद बैठकमा बोल्दै उनले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध आफूहरूको सरकारले एउटा आधार बनाएकाले सोहीअनुरुप निरन्तरता हुनेमा विश्वास रहेको बताए । बैठकमा बोल्दै उनले आफूहरू प्रमुख प्रतिपक्षको भूमिकामा रही सरकारलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया